
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :
पढाइमा राम्रो प्रगति हुनेछ । आय बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि तथा व्यापारमा फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ ।
वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :
नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ ।पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा पनि फाइदै हुनेछ। कर्मयोगले मान–सम्मान समेत दिलाउनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) :
गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :
समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् । थोरै लगानीबाट नाफा कमाउन सकिनेछ । उद्योग र व्यापारमा फाइदा हुनेछ ।परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । उपहारले काममा उत्साह जगाउला । अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । कामबाट आम्दानी भइरहनेछ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। व्यवसायमा पनि राम्रै फाइदा हुनेछ ।
कन्या राशि(टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :
मिहिनेतले काममा सफलता दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।
तुला राशि(र, रि, रु, रे, रो, ता, ति, तु, ते) :
व्यवसायतर्फ समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ ।
वृश्चिक राशि(तो, ना, नि, नु, ने, नो, या, यि, यु) :
अरुका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन् । रोकिएका काममा पनि दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
धनु राशि(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :
शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ ।
मकर राशि(भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :
अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला । समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ । छिद्र खोतल्नेहरूबाट सावधान रहनुहोला ।
कुम्भ राशि(गु, गे, गो, सा, सि, सु, से, सो, द) :
आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिनेछ ।
मीन राशि(दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :
यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । छिमेकमा असमझदारी बढ्नेछ, होसियारीसाथ काम लिनुहोला । भविष्यमा फाइदा लिन पनि केही वस्तु त्याग्नुपर्ला । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ ।
