
मेष राशि(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार व्यवसाय बाट उचित लाभ हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा पढाईमा कमजोरी हुन सक्ने देखिन्छ । मन अस्थिर रहनाले पढाई विग्रन सक्नेछ । कुनै पनि कार्यमा तपाईको साहस तथा पराक्रम बलियो रहने छ । यो साता आम्दानी बढ्नेछ ।
बृष राशि(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक रुपमा सम्पन्न हुने समय रहेको छ । पढाई लेखाई विभिन्न कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पत्ती तथा सवारी साधन प्राप्तीको गतिलो योग रहेको छ । न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुनेछ । बिहीवारबाट समय मध्यम रहेकोले समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ ।
मिथुन राशि(का, कि, कु, घ, ङ, छ, के, को, ह)
वादविवाद तथा प्रतिस्पर्धामा तपाईको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानी गर्ने अवसर आउनेछ । मायाप्रेम तथा दाम्पत्य जीवनको गाँठो झन् मजबुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मावली पक्षबाट तपाईको काममा आर्थिक सहयोग हुनेछ । बिहीवारबाट समय मध्ययम रहेकोले भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्नेछ ।
कर्कट राशि(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साता राम्रो रहेकोले पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेको छ भने वौद्धिक,साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ । आकश्मिक धन तथा सम्पत्ती हात लागि हुने योग रहेको छ । व्यापार व्यवसायमा लगानी बढाई मनग्गे लाभ लिन सकिनेछ भने शेयर बजारमा गरीएको लगानी फस्टाएर जानेछ । प्रेम प्रशङ्गमा रमाउने समय रहेको छ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने सहयोगिको साथ पाइने हुनाले नयाँ प्रकृतिको काम गरी मनग्गे धन तथा सम्पत्ती आर्जन गर्न सकिनेछ ।
सिंह राशि(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको शुरु र अन्तको समय राम्रो रहेकोले दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशीलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपाईकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । विद्यामा सोचेजस्तै सफलता पाइनेछ । मंगलबार र बुधवारको समय मध्यम रहेकोले खानपान तथा मौसमको ख्याल गर्नुहोला । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेको छ । अध्ययनमा अलि बढी समय खर्चिए नतिजा आफ्नौ पक्षमा पार्न सकिनेछ ।
कन्या राशि(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकीहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुन सक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ । बुधवार र बिहीवारको समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा जनताको काम गर्न हर कोशिष गर्दा गर्दै नसकिने हुँदा आलोचनाको शिकार हुने योग रहेको छ ।
तुला राशि(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
