Fast Nepal News

पुष २८ गते बिहीबारको राशिफल

banner single news

मेष राशि(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। तापनि प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। साँझतिर स्थितिमा सुधार आउनाले रोकिएका काम बन्नेछन्। सुखद समाचार सुन्न पाइनेछ।

 

बृष राशि (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

हठले अप्ठ्यारो पार्न सक्छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने आवश्यकता पर्न सक्छ। साँझदेखि चुनौतीभित्र अवसर खोज्न सकिनेछ।

 

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, हा)

व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। व्यापारमा प्रशस्त फाइदा हुनेछ। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। साँझतिर काम बिग्रने भयले सताउन सक्छ।

 

 

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। सावधान नहुँदा हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला।

 

Inside Article Ads

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अवसर जुटे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ।

 

कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ।

 

तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। सञ्चित धनको उपयोगले फाइदा हुनेछ। प्रयत्न गर्दा प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साँझतिर खर्चको जोहो गर्न कर्जा लिनुपर्ला।

 

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ।

 

धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। वचन पुर्याउन नसक्ता आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। तापनि मिहिनेतले बिस्तारै फाइदा दिलाउनेछ। साँझतिर नयाँ काम गर्ने अवसर जुट्नेछ।

 

मकर राशि (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। कामको चाप बढ्नेछ भने एक पटक बनिसकेको काम फेरि दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ। अप्ठ्यारो स्थितिमा धैर्यले काम लिने चेष्टा गर्नुहोला।

 

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ। वादविवादमा अघि नसर्नुहोला, दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ।

 

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछl,
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.