
लमजुङ । मंसिर ४ गते हुन् गैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा लम्जुङबाट प्रदेशसभा क बाट उम्मेदवारी दिएका कांग्रेसका लम्जुङ सभापति डा. टकराज गुरुङले उप्रान्त चुनाव जितेपछि वाचाहरू चटक्क बिर्सने राजनीतिक संस्कार अब बदलिनुपर्ने बताएका छन् ।
वेशिशहरमा दिपावली तथा लोसार पर्वको शुभकामना आदान प्रदान कार्यक्रम माझ उनले सो कुरा बताएका हुन । ‘चुनाव जित्न जनतालाई अनेकौं आश्वासन दिने तर जितेपछि ती बाचाहरू चटक्क बिर्सने राजनीतिक संस्कार अब बदलिनुपर्छ’ उनले भने ‘एकपटक जनताले अबसर दिईसकेपछि पुन: अबसर दिने सन्दर्भमा जिम्मेवारीमा रहुञ्जेल भएका कामकाे अाधारमा मुल्यांकन हुन सके जनप्रतिनिधिहरू जनताप्रति बढी उत्तरदायी हुने थिए ।’
डा. गुरुङले जनताले एकपटक अवश्य प्रश्न गर्नुपर्ने बेला आएको पनि बताए । ‘जनजिबिकाका सवालहरू सदनमा कसरी एजेन्डाका रूपमा प्रस्तुत भए ? कतिपटक लमजुङका इस्युजहरू आवाजका रूपमा सदनमा प्रस्तुत भए ?’ उनले प्रश्न गर्दै भने । विगतमा निर्वाचित जनप्रतिनिधीहरुले राज्यका निकायहरूसँगकाे समन्वयमा बिकास निर्माणका याेजनालाई जिल्लामा कति भित्र्याउन सफल भए ? भन्ने बारे पनि समिक्षा गर्दै यस्ता सवालहरूको मुल्यांकनकाे आधार हुनुपर्ने राय समेत उनले राखे ।
Visited 12 times, 1 visit(s) today
