Fast Nepal News

दुध संकलन केन्द्र स्थापना उद्घाटन कार्यक्रम भव्यताका साथ सम्पन्न

तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीमा यसै वडाका वडा अध्यक्ष राधाकृष्ण खड्गीको प्रमुख आतिथ्यमा तारकेश्वर दुग्ध उत्पादन कृषक समुहले दुग्ध संकलन केन्द्रको उद्घाटन।

banner single news

६ चैत,काठमाडौँ -ओम तारकेश्वर उत्पादन कृषक समुहद्वारा संञ्चालित दुध संकलन केन्द्र स्थापना उद्घाटन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। दुध संकलन तथा प्रशोधन केन्द्रको एक कार्यक्रमका बिच तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीमा यसै वडाका वडा अध्यक्ष राधाकृष्ण खड्गीको प्रमुख आतिथ्यमा तारकेश्वर दुग्ध उत्पादन कृषक समुहले दुध संकलन केन्द्रको उद्घाटन गरेका छन्।

 

प्रमुख अतिथिको रुपमा उपस्थित तारकेश्वर नगरपालिका २ का अध्यक्ष राधाकृष्ण खड्गीले दुध संकलन केन्द्रको उद्घाटन गर्नुहुदैँ पशुपालक कृषकहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।यसैगरी दुध संकलन केन्द्र स्थापना उद्घाटन कार्यक्रममा अतिथिको रुपमा रहनुभएका पशु स्वास्थ शाखा प्रमुख धर्मपति यादव,चन्द्रमणी घिमिरेले पशुपालक कृषकहरुको समस्या समाधान आफनो प्रमुख प्राथमिकता रहेको धारणा व्यक्त गर्नुभयो।

Inside Article Ads

 

 

दुध संकलन केन्द्रका प्रमुख बासु सरले दुग्ध संकलन केन्द्र स्थापना उद्घाटन कार्यक्रममा बोल्नुहुदैँ कार्यक्रममा उपस्थित सम्पूर्ण्त महानुभाव र अतिथिहरुलाई धन्यबाद व्यक्त गर्नुभयो। दुग्ध संकलन केन्द्रका प्रमुख बासु सरले दुध संकलन केन्द्र स्थापना उद्घाटन कार्यक्रममा बोल्नुहुदैँ कृषकलाई चल्नचल्ती मुल्यभन्दा केही बढाएर कृषकलाई भुक्तानी दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

 

Visited 83 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.