Fast Nepal News

३७ खर्ब पुग्यो नेप्सेको पूँजीकरण, एक वर्षमै १९ खर्ब बढ्यो

banner single news

काठमाडौं, जेठ १

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पूँजीकरण ३७ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्ष २०७७/७८ को चैत मसान्तसम्ममा पूँजीकरण ३७ खर्बभन्दा माथि पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष २०७६ सालको चैत महिनामा नेप्सेको पूँजीकरण १७ खर्ब ९२ अर्ब रुपैयाँ थियो । जुन एक वर्षको अवधिमा १९ खर्ब ६६ अर्बले बढेको केन्द्रीय बैंकले बताएको छ ।

Inside Article Ads

यसैगरी, गत वर्षको चैत मसान्तममा १२ सय ५१ अंकमा रहेको नेप्से परिसूचक २०७७ सालतको चैत महिनामा २७ सय १४ अंक बढेको छ ।

यद्यपी, त्यसयताको एक महिना अर्थात वैशाख मसान्तसम्म केही घटेर घटेर नेप्से परिसूचक २६ सय ८४ अंकमा आइपुगेको छ ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.