Fast Nepal News

चिनियाँ कम्पनी सिनोफर्मको खोपलाई डब्लूएचओको अनुमति

banner single news

काठमाडौं, वैशाख २५

काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चिनियाँ कम्पनी सिनोफर्मले बनाएको कोरोनाविरुद्धको खोपलाई अनुमति दिएको छ । डब्लूएचओले पहिलो पटक पश्चिमा मुलुकभन्दा बाहि बनेको कोरोनाविरुद्धको खोपलाई अनुमति दिएको हो ।

डब्लूएचओको अनुमति पाउनु अगावै सिनोफर्मले बनाएको खोप विश्वभरका करोडौं मानिसले लगाइसकेका छन् । चिनियाँ खोप अफ्रिका, ल्याटिन अमेरिका र एसियाका धेरै देशमा प्रयोगमा आइसकेको छ ।

Inside Article Ads

योभन्दा पहिला डब्लूएचओबाट फाइजर, एट्रेजेनेका, जोनसन एण्ड जोनसन र मोर्डनाले बनाएको खोपले अनुमति पाइसकेका छन् । यससँगै डब्लूएचओले आगामी दिनमा अर्को चिनियाँ कम्पनीले बनाएको खोपलाई पनि अनुमति दिने सम्भावना छ ।

यसैगरी रसियामा बनेको ‘स्पुतानिक भी’को पनि मूल्यांकन भइरहेको छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.