Fast Nepal News

चिनले गत साता प्रक्षेपण गरेको २१ टनको रकेट अनियन्त्रित, पृथ्वीतर्फ खस्दै

banner single news

काठमाडौं, वैशाख २३

काठमाडौं, चिनले अन्तरिक्षमा पठाएको २१ टन तौल भएको रकेट अनियन्त्रित बनेको छ । चीनले यही वर्षको २९ अप्रिलमा चीनले एक सय फिट लामो र १६ फिट चौडा रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको थियो ।

उक्त ‘२०२१–०३५ बी’ नामक रकेट प्रतिसेकेन्ड चार माइलको गतिमा पृथ्वीतर्फ खसिरहेको छ । र, यो रकेट पृथ्वीको जुनसकै कुनामा खस्न सक्ने अमेरिकी सरकारले बताएको छ । तर, अहिलेसम्म कुन ठाँउमा खस्छ भन्ने यकिन भइनसकेको बताइएको छ ।

सम्भवतः त्यो रकेट यही शनिबार अर्थात ८ मेमा पृथ्वीमा खस्न सक्छ । चीनले अन्तरिक्षमा आफ्नै स्पेस स्टेसन बनाउने उद्देश्यसहित गत साता मात्रै प्रक्षेपण गरेको थियो । यो, चीनको सबैभन्दा ठूलो रकेट क्यारियर हो ।

Inside Article Ads

यद्यपी, उक्त रकेट पृथ्वीको पर्यावरणमा प्रवेश गर्नु अघि नै जलेर नष्ट हुन सक्ने र बाँकी बसेका टुक्राहरु समुन्द्रमा खस्ने सम्भावना पनि छ ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.