Fast Nepal News

अमेरिकी राष्ट्रपति ट्रम्पको फेसबुक र ट्वीटर बन्द

banner single news

काठमाडौं, पुस २३ – अमेरिकी संसद भवन क्यापिटल हिल्समा आक्रमण र तोडफोडमा उत्रिएका आफ्ना समर्थकलाई अझै उत्तेजित पार्ने विषय सामाजिक सञ्जालमा पोष्ट गर्न थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुर र ट्वीटर एकाउन्ट बन्द गरिएको छ।

उनले आफ्ना समर्थकहरुलाई हुलहुज्जत नगर्न फेसबुक र ट्वीटरमार्फत् अपिल गरे पनि ती अपिलमा राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने व्यहोरासमेत उल्लेख गरेपछि फेसबुक र ट्वीटरले ट्रम्पको अकाउन्टलाई १२ घण्टाका लागि बन्द गरिदिएका छन्। ट्वीटरले ट्रम्पका ३ वटा ट्वीट हटाउँदै अकाउन्ट १२ घण्टासम्मका लागि बन्द गरिदिएको जनाएको छ।

स्थानीय समय अनुसार मंगलबार साँझ ६ बजे ट्रम्पले समाजिक सञ्जालमा चुनावमा धोका भएको झूटो दावीका अलावा आफ्ना समर्थकलाई ‘यस दिन याद राख्नु’ भन्दै अझै उत्तेजित हुन प्रोत्साहित गरे।

उनले लेखेका थिए, ‘यस्ता घटनाहरु भइरहन्छन् जब एउटा पवित्र निर्वाचनमा बिभिन्न धोखाधडीबाट एकजना सच्चा देशभक्तलाई हराइन्छ। लामो समयदेखि उसलाई खराव र एकपक्षीय व्यवहार गरिन्छ । शान्तसँग घर जानुहोस तर यो दिनको हमेशा याद राख्नुहोस।’

Inside Article Ads

ट्वीटरले लगत्तै यो ट्वीटलाई हटाएको छ र ट्रम्पको एकाउन्ट नै निलम्बनमा राखेको छ। उनको यो ट्वीटले आफ्नो कम्पनीको नियमको उल्लंघन भएको ट्वीटरको प्रष्टोक्ति छ।

राष्ट्रपति ट्रम्पले धोखाधडीका कारण चुनाव हारेको आधारहीन टिप्पणीसहितको भिडियो ट्वीटर, फेसबुक र युट्युबमा लगातार पोष्ट गरिरहेका थिए।संसदमा भएको तोडफोडपछि राजधानी वासिङ्टनकी मेयर मुरियल बोउसरले सहरमा १२ घन्टा लागि कर्फ्यू आदेश जारी गरेका छन्। प्रदर्शनमा उत्रिएका १३ जना पक्राउ परेका छन् भने ५ वटा बन्दुक बरामद गरिएको छ। भीड नियन्त्रणमा आएपछि संसद बैठक पुनः सूचारु भएको छ। अमेरिकामा गत नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको थियो। आगामी २० जनवरीमा राष्ट्रपति ट्रम्पले नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई पद हस्तान्तरण गर्नुपर्नेछ।

Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.