Fast Nepal News

आगामी थाई प्रधानमन्त्रीका रूपमा पेन्टोगटार्न सिनावात्रालाई औपचारिकरूपमा अनुमोदन

banner single news

थाई नरेश महा वजिरालोङ्कर्नले आइतबार मुलुकको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोगटार्न सिनावात्रालाई औपचारिकरूपमा अनुमोदन गरेका छन् ।

सिनावात्राको नियुक्ति पछिल्लो सातामा थाई राजनीतिमा धेरै उतारचढावपछि भएको हो । यस अवधिमा संवैधानिक अदालतले सोही फेउ थाई पार्टीबाट उनका पूर्ववर्ती श्रेथा थाभिसिनलाई हटाएको थियो ।

राजाको अनुमोदनसँगै अब पेन्टोगटार्न सिनावात्राले आधिकारिक रूपमा मन्त्रिपरिषद् गठन गर्नुहुनेछ । मन्त्रिपरिषद् गठन प्रक्रिया आगामी साताहरूमा हुने अपेक्षा गरिएको छ ।
अल जजिराका अनुुसार हालै थाई संसद्ले पेन्टोगटार्नलाई आगामी र थाइल्यान्डको सबैभन्दा कम उमेरको प्रधानमन्त्री बनाउन मतदान गरेको थियो ।

Inside Article Ads

संवैधानिक अदालतको फैसलाले श्रेथा थाभिसिनलाई हटाएपछि उनको स्थान पेन्टोगटार्नले लिएकि हुन् । उङ इङ उपनामले प्रसिद्ध पेन्टोगटार्न अर्बपति टाइकुन थाक्सिन सिनावात्राकी कान्छी छोरी हुन् । आफ्ना बुबा र फुपूपछि मुलुकको शीर्ष पद सम्हाल्ने उनी परिवारको तेस्रो सदस्य हुनुहुन्छ ।

संसद्ले ३७ वर्षीया पेन्टोगटार्नलाई उनको फेउ थाई पार्टीको सत्तारूढ गठबन्धनले मनोनयन गरेको पुष्टि गरेको छ ।

 

 

 

Visited 41 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.