Fast Nepal News

बेलायत प्रदर्शनका क्रममा १ सय ५० जनाभन्दा बढी पक्राउ

banner single news

विगत केही दिनदेखि बेलायतका केही शहरहरुमा हिंसात्मक प्रदर्शन भइरहेका छन् ।

प्रदर्शनका क्रममा १ सय ५० जनाभन्दा बढी मानिसलाई पक्राउ गरिएको छ ।

प्रदर्शन दैनिक बढ्न थालेपछि प्रधानमन्त्री केयर स्टारमरले डाउनिङ स्ट्रिटमा आजका लागि आपतकालीन बैठक बोलाएका छन् । प्रधानमन्त्री स्टारमरले रोदरहमको एक होटल आवास शरणार्थीहरूले गरेको आक्रमणको निन्दा गरेका छन्।

साथै हिंसात्मक गतिविधिमा संलग्नहरूलाई कानुनको दायरामा ल्याउन प्रतिवद्धता पनि जनाएका छन् । प्रहरीले ट्यामवर्थ, मिडल्सब्रो, बोल्टन, हल र वेमाउथ, बेलायतका अन्य भागहरूमा हिंसात्मक घटना भएको जनाएको छ ।

Inside Article Ads

आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले हिंसात्मक गतिविधिमा संलग्न ठगहरूलाई न्यायको कठघरामा ल्याउन कुनै कसर नराखिने प्रतिवद्धता जनाएका छन् ।

टेलिभिजन सम्बोधनको क्रममा उनले संलग्नहरूलाई चेतावनी दिंदै आन्दोलनकारीले पश्चाताप गर्ने समेत बताएका छन्।

 

 

Visited 41 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.