Fast Nepal News

गोली चलाउने एक किशोरका अभिभावकलाई अदालतले सुनायो १०\१५ वर्षको जेल सजाय

banner single news

अक्सफोर्ड हाईस्कुलमा गोली चलाउने एक किशोरका अभिभावकलाई अदालतले १० देखि १५ वर्षको जेल सजाय सुनाएको छ ।
चार जना विद्यार्थीको गोली हानी हत्या गरेको घटनामा किशोरका अभिभावकलाई शुरुमा सात वर्षको सजायको प्रस्ताव गरिएको थियो तर पीडित पक्षले सजाय अवधि बढाउन माग गरेको बीबीसीले जनाएको छ ।

गोली चलाउने किशोरका आमाबाबु अदालतमा उपस्थित भएर छोराका कारण भएको घटनाबारे आफूलाई पछुतो भएको भन्दै दुःख व्यक्त गरेका छन् । पीडित पक्षले किशोरका आमाबुबाले छोराको बिग्रँदै गएको मानसिक स्वास्थ्यलाई बेवास्ता गरेको आरोप लगाएको थियो ।

१५ वर्षका युवकले अक्सफोर्ड हाईस्कुलमा गोली चलाउँदा चार जना विद्यार्थीको ज्यान जानुका साथै सात जना घाइते भएका थिए । ज्यान गुमाउने सबै जना १७ वर्षमुनिका रहेका छन् ।

Inside Article Ads

अमेरिकामा किशोरावस्थाका छोराले हत्या गरेको अभियोगमा सजाय पाउने उनीहरू पहिलो अभिभावक भएका भन्दै न्यायधीशले यो फैसलाले भविष्यमा हुने सम्भावित घटनालाई रोक्न मद्दत गर्ने बताएका छन् ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.