Fast Nepal News

कोरियामा भईहेको २५ औँ विश्व स्काउट ज्याम्बोरी अत्याधिक गर्मीका कारण प्रभावित

त्याधिक गर्मीका कारण गर्मी सहन नसक्दा स्काउटिंग सुरु भएपनि विभिन्न देशबाट सहभागी भएका देशहरु आफ्ना १२ र १४ बर्ष देखि १८ बर्ष भित्रका केटाकेटी स्काउटहरु कोरियामा भैरहेको २५ औँ विश्व स्काउट ज्याम्बोरीमा सहभागी भएपनि स्वदेश फर्कन बाध्य

banner single news

३१ श्रावण,काठमाडौँ-कोरियामा भईहेको २५ औँ विश्व स्काउट ज्याम्बोरी अत्याधिक गर्मीका कारण प्रभावित भएको छ।अत्याधिक गर्मीका कारण गर्मी सहन नसक्दा स्काउटिंग सुरु भएपनि विभिन्न देशबाट सहभागी भएका देशहरु आफ्ना १२ र १४ बर्ष देखि १८ बर्ष भित्रका केटाकेटी स्काउटहरु कोरियामा भैरहेको २५ औँ विश्व स्काउट ज्याम्बोरीमा सहभागी भएपनि स्वदेश फर्कन बाध्य भएका छन्।अमेरीकन र सिंगापुरका स्काउटहरु पनि ज्याम्बोरीमा सहभागी नभई स्वदेश फिर्ता भएका छन् ।

विश्व स्काउट संगठनहरुले पनि कार्यक्रम छोट्याउन भने पनि कोरियन सरकारले देशको ईज्जतको लागी ७० लाख अमेरीकन डलर दिएर शितल टनेलहरु ,केही स्थायी यरकण्डिशनल घरहरु वनाउदै ,पानीका ट्याङकहरु ठाउँ ठाउँमा राखेर पुलिस,सैनिक खटाएर सेवा दिएता पनि जलबायु परिवर्तनका कारण वातावरण सुदृढ हुन नसकेको कारण कोरियामा भईहेको २५ औँ विश्व स्काउट ज्याम्बोरी अत्याधिक गर्मीका कारण प्रभावित भएको नेपाल स्काउटका उपनेता तथा प्रशिक्षक किरण दत्त तिवारीले बताउनुभयो।

१८ बर्ष भन्दा माथिका युवा स्काउट, स्काउटरहरुले पनि १८ बर्ष मुनीका कलिला स्काउटहरु जो भोलिको सपना वोकेर ज्याम्बोरीमा भाग लिदै छन तीनको बचाउको लागि आवश्यक प्रवन्ध गरेर २५ औँ विश्व स्काउट ज्याम्बोरीमा सहभागी गराउनुपर्ने नेपाल स्काउटका  पूर्वकर्मचारी आनन्द खतिवडाले बताउनुभयो। विगतमा विश्व स्काउट ज्याम्बोरी पैला पनि कोरियामा भएको बताउदैँ त्यस बेला यस्तो स्थितिको कल्पना पनि नगरिएको त्यस वेलाको कोरिया भन्दा यस पालाको ठाउँ फरक र दैवी प्रकोपमा परेका अवस्थामा सुरक्षित ठाउँ मा पीडितहरुलाई राख्न छुट्टयाइएको ठाउँमा ज्याम्बेरी हुन गएको खतिवडाको भनाई रहेको छ।

Inside Article Ads

विश्व स्काउट सम्मेलनमा भाग लिन दक्षिण क‍रिया पुगेका करिव ४० हजार  नेपाली विद्यार्थीहरु सो सम्मेलनमा कोरियामा रहेका थिए।

Visited 44 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.