Fast Nepal News

पन्जाबमा आम आदमीलाई दुई तिहाइ बहुमत !

banner single news

२६ फागुन, काठमाडौं । विधानसभा निर्वाचनमा पन्जाबका ११७ सिटमध्ये आम आदमीले ८८ सिटमा अग्रता लिएको छ । भारतको पन्जाब राज्यमा आम आदमी पार्टी (आप)ले दुई तिहाइ बहुमत हासिल गर्ने संकेत देखिएको हाे ।

पन्जाबमा सरकार बनाउनका लागि चाहिने बहुमत भनेको ५९ सिट हो । दुई तिहाइ बहुमतका लागि ७८ सिट जित्नुपर्छ । अग्रता कायम रहे आम आदमीले पन्जाबमा दुई तिहाइ बहुमतको सरकार बनाउने छ ।आम आदमी सन् २०१७ मा भएको विधानसभा निर्वाचन भन्दा ६८ सिटमा अगाडि छ । कांग्रेस, भाजपा लगायत दल आम आदमीभन्दा निकै पछि छन् ।
अध्यक्ष अरविन्द केजरीवालले आठ वर्षदेखि दिल्ली सरकारको नेतृत्व गरिरहेका छन् । उनले दिल्लीमा खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत, सामाजिक सुरक्षा भत्ता लगायतका क्षेत्रमा गरेका काम जनप्रीय छन् ।विधानसभा निर्वाचन अगाडि गरिएको मत सर्वेक्षणमा पन्जाबमा आम आदामी पार्टीले नै चुनाव जित्ने नतिजा सार्वजनिक भएका थिए । सर्वेक्षणहरुमा आम आदमीले ७६ देखि ९० सिटसम्म जित्ने अनुमान गरिएको थियो ।

विधानसभा निर्वाचनमा उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा भने भाजपाका उम्मेदवारहरु अगाडि छन् ।

Inside Article Ads

भारतमा माघ २७ गतेदेखि फागुन २३ गतेसम्म सात चरणमा विधानसभा निर्वाचन भएको थियो । मत गणना आज बिहान आठ बजेदेखि जारी छ । निर्वाचनको परिणाम आजै सार्वजनिक हुने भारतको निर्वाचन आयोगले जनाएको छ ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.