Fast Nepal News

एनआरएनए ८ औं मध्यपुर्ब सम्मेलन २८ देखी ३० जुनमा होटेल मस्कट होलिडे ओमानमा हुने,उपप्रधानमन्त्री खड्का र श्रममन्त्री भण्डारीको उपस्थिति रहने

banner single news

३२जेठ, काठमाडौँगैरआवासीय नेपाली संघ एनआरएनएको आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन यही जून महिनाको अन्तिम साता होटेल मस्कट होलिडेमा हुने भएको छ । सम्मेलनबारे जानकारी दिन बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित जुन २८ देखि ३० तारिखसम्म आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आयोजना गरिने जानकारी दिइएको हो । गैरआवासीय नेपाली संघको मध्य पूर्व क्षेत्रीय परिषदको मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद ओमानको अतिथ्यतामा ओमानको मस्कटस्थित होटेल मस्कट होलिडेमा सम्मेलन हुन लागेको हो । सम्मेलनमा नेपाल सरकारका तर्फबाट प्रमुख अतिथिको रूपमा माननीय,उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, विशेष अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालगायतको उपस्थिति रहनेछ ।

मुख्यतया, मध्यपूर्वमा रहेका नेपाली श्रमिकका सवाल, राष्ट्रिय अर्थतन्त्रमा ओझेलमा परेको उनीहरुको योगदान, श्रमिक र उनीहरुका परिवारको जीवनमा तात्विक परिवर्तन हुन नसकेको परिस्थिति, वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभाव, सुरक्षित आप्रवासन, नीति तथा कार्यान्वयन, मध्यपूर्वमा कार्यरत श्रमिक र उनीहरुको परिवारको मानसिक तथा शारीरिक स्वास्थ्य, मध्यपूर्वमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका नेपालीको मताधिकार, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालिम, फर्केर आएका युवा–युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन तथा समाजमा पुनःस्थापना, पुर्नएकीकरण र समायोजन, सामाजिक सुरक्षा कोषमा आबद्धता, अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी लगायतका मुख्य एजेन्डामा छलफल हुनेछ ।

सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली माझ स्थानीय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभावलगायत विविध कारणले जेलजीवन बिताउनु परेको र काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएका श्रमिकका समस्या निराकरणका लागि सुझाव दिनेछ । वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि र विदेशमा सिकेका ज्ञान तथा सीपलाई मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ । विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाको लागि सञ्चयकोषको व्यवस्था गर्न यस सम्मेलनले नेपाल सरकारको ध्यानाकर्षण गराउनेछ । सम्मेलनमा गैरआवासीय नेपाली समुदायको आवाज उठाउने र उनीहरूका समस्याहरूको समाधानका लागि नेपाल सरकारसँग संवाद स्थापित गर्ने उद्देश्यले राखिएको छ ।
श्रमिकका मुद्दा सम्बोधनका लागि नेपाल सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गर्न लागिएको यो सम्मेलन पूर्णतः श्रमिक केन्द्रीत हुने भएकोले उनीहरुका अभिव्यक्ति, अनुभव र विचार व्यक्त गर्ने अवसर समेत प्रदान गरिनेछ । समग्र युवा तथा महिलाका मुद्दालाई समेत प्राथमिकता दिइने सम्मेलन पूर्ण रुपमा समावेशी हुनेछ । सम्मेलनमा मध्यपूर्वसहित विश्वका विभिन्न मुलुकका करीब ५०० जना प्रतिनिधिको सहभागिता रहने अनुमान छ ।

Inside Article Ads

उक्त पत्रकार सम्मेलनमा एनआरएनए अध्यक्ष बद्री केसी,कुल आचार्य,उपाध्यक्ष डिबी क्षेत्री ,आरके शर्मा,महेश श्रेस्ठ,नरेन्द्र भाट,युवा उपाध्यक्ष राज रेग्मी,महिला उपाध्यक्ष यास्मीन बेगम सैयद,सचिव प्रविन गुरुङ,सहकोषाध्यक्ष होम नाथ शर्मा,युवा संयोजक अब्दुल वासिद,मध्यपुर्व संयोजक मनोज गोर्खाली,राजेन्द्र अर्याल जोनलगाएत मध्यपुर्वका एनआरएनए अभियन्ताहरुले आ-आफ्नो भनाई राख्दै सम्मेलनको शुभकामना दिएका थिए ।यो भेला मध्यपुर्वमा रहेका नेपालीका लागी कोषेढुंगा सावित हुने जनाउदै भेला भेलामा मात्रै सावित नगराई नतिजामुखी बनाऊन कृयाशिल रहेको आयोजकले बताएको छ ।

Visited 67 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.