Fast Nepal News

नेपाली व्यवसायी पोखरिया र श्रेस्कोठ हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था

banner single news

कतार । वैदेशिक रोजगारीको लागि आकर्षक गन्तव्य मानिएको देशहरुमध्य कतार पनि एक हो । भौगोलिक हिसावले सानो देश भएपनि करिब साढे ३ लाख नेपालीहरुले रोजगारी तथा व्यवसाय गरिरहेका छन हाल कतारमा । नेपाली श्रमिकहरूको बाहुल्यता रहेको कतारको प्रत्यक गल्ली गल्ली र चोक चोकमा नेपालीहरु भेट्न सकिन्छ । कतारमा केही नेपालीहरु उच्च पदमा रोजगारीमा रहेका छन भने धेरै नेपाली न्यून कार्यमा रोजगारीमा रहेका छन । कामदार मात्रै नभएर नेपालीको संख्या बढेसंगै ब्यापार ब्यावसाय गर्ने नेपालीहरु थपिने क्रम पनि बढेको छ कतारमा । यसै क्रममा नयाँ बर्षका दिनदेखी थप नेपाली व्यवसाय पनि थपिएको छ ।

नयाँ बर्ष २०२३ को जनवरि १ तारेखको अवसर पारेर कतारमा रहेका नेपाली ब्यवसायीहरु पुर्ण बहादुर पोखरिया र राकेश श्रेष्ठले कतारको अल सादमा रहेको अल अस्मख मलमा लेडिज सैलुन हेरमोसा ब्युटी सेन्टरको सुरुवात गरेका छन ।अल अस्मख मलको बेसमेन्टमा रहेको हेरमोसा ब्युटी सेन्टरमा मेकअप र सुन्दरतासँग जोडिएका सबै कार्य गरिने

संचालकहरुले बताएका छन । यसरी ठुलो लगानिमा कतारको मलमा नेपालीहरुबाट खोलिएको यो पहिलो ब्युटी ब्यावसाय रहेको छ । कतारी नागरिक अली मुबारक र संचालकद्वयले रिवन काटेर समुदघाटन गरी सन्चालनमा ल्याईएको उक्त पार्लर लेडिज पार्लर रहेको संचालक पोखरियाले बताए । गैरआवासीय नेपाली संघ एनआरएनएका आईसिसि सदस्य,नेपाली ब्याबसायी संघ कतारका सचिव,अन्तरास्ट्रिय नेपाली युवा उद्दमी महासंघ मध्यपुर्वका अध्यक्ष पोखरिया कतारका सफल ब्यावसायी मानिन्छन । कतारको अल अस्मख मलमा सैलुन हरमोसा ब्युटी सेन्टरको सुरुवातीपछि संचालक पोखरियाले उपस्थित सबैलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै उदघाटनको अवसरमा ४०% छुटको ब्यवस्था रहेकाले उपस्थितिको लागी आग्रह गरे ।

Inside Article Ads

उदघाटनको अवसरमा नेपालीहरूको बाक्लो उपस्थित रहेको थियो । लमजुंग जिल्लामा जन्मिएका पुर्ण पोखरिया र गोर्खा जिल्ला स्थायि घर भएका राकेश श्रेस्ठले सञ्चालनमा ल्याएको उक्त ब्याबसायको उदघाटन कार्यक्रममा कतारमा रहेका विभिन्न संघ संस्थाका पदाधिकारी तथा सामाजिक व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा रिवन काटेर र केक काटेर उदघाटन गरे लगत्तै अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान पनि गरिएको थियो ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.