Fast Nepal News

अष्ट्रियामा नेपाली महिलाद्वारा आफ्नै ३ सन्तानको हत्या

banner single news

काठमाडौं, अष्ट्रियामा एक नेपाली महिला आफ्नै तीन सन्तानको हत्या गरेको अभियोगमा पक्राउ परेकी छिन् । उनले शनिबार आफ्ना तीन सन्तानको हत्या गरेपछि आफैं प्रहरीलाई खबर गरेकी थिइन् । उनले घटनास्थलमा प्रहरी आएपछि आफैंले आफ्ना तीन सन्तानको हत्या गरेको बताएकी थिइन् । ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

स्थानीय मिडियाका अनुसार ती नेपाली महिलाका श्रीमान उनीसँग बस्दैनथे । महिला आफ्ना तीन सन्तानसँग बस्थिन् भने उनका श्रीमान उनीसँग छुट्टिएर बस्दै आएका थिए । श्रीमानसँग छुट्टिएर बसेको उनको पारिवारिक पृष्ठभूमिलाई हेरेर प्रहरीले पारिवारिक कलहका कारण घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।

घटनास्थलमा प्रहरी पुग्दा महिला स्वयं पनि घाइते थिइन् । उनले आफ्नै हात काट्ने प्रयास गरेको हुन सक्ने चोटको प्रकृतिले देखाएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय मिडियाले लेखेका छन् । उनले पनि आत्महत्या गर्ने प्रयास गरेको पृष्ठभूमिले पनि उनलाई यस्तो अपराधतर्फ मानसिक तनावले उक्साएको अनुमान गरिएको छ ।

Inside Article Ads

उनले आना नौ वर्षीय छोरी, तीन वर्षीय छोरी र आठ महिने छोराको हत्या गरेको बताएकी छिन् । प्रहरी उनी बसेको अपार्टमेन्टमा पुग्दा तीन वर्षीय बालिका र आठ महिने बालकको ज्यान गइसकेको थियो तर नौ वर्षीय बालिकाको सास चल्दै गरेको पाइएकोले उनलाई तत्काल अस्पताल लगिएको थियो तर अस्पतालमा उनको ज्यान गयो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रिया उच्च स्रोतले डिसीनेपाललाई दिएको जानकारी अनुसार ती महिला बुटवलकी ३१ वर्षकी चन्द्रा भट्टराई अर्याल हुन् । यस विषयमा भियनास्थित नेपाली दूतावासले स्थानीय प्रहरीसँग सम्पर्कमा रहेको बताएको छ ।
दूतावासले आफ्नो फेसबुकमा लेखेको छ ‘आज मिति १७ अक्टोबर २०२० का दिन भियनामा घटेको अकल्पनीय घटनाप्रति सम्पूर्ण नेपाली समुदाय सहित यस राजदूतावास परिवार समेत अत्यन्त दुखित रहेको छ । सो घटनाका सन्दर्भमा स्थानीय प्रहरीसँग राजदूतावास नियमित सम्पर्कमा रहिरहेको छ ।’

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.