Fast Nepal News

फ्रान्समा एकैदिन भेटिए १० हजारभन्दा बढी संक्रमित

banner single news

काठमाडौं, असोज ५ – संसारभरी कोरोना संक्रमितको संख्या २ करोड १२ लाख नाघेको छ । निको हुने बिरामीको संख्या २ करोड २८ लाख १७ हजार ५ सय ४१ भन्दा बढी भइसकेको छ । यस्तै, हालसम्म ९ लाख ६४ हजार ७ सय ६४ को मृत्यु भइसकेको छ । यो आँकडा वर्ल्डोमिटर्स अनुसार हो । फ्रान्समा संक्रमणको दोस्रो लहर सरकारका लागि भरी परेको छ । यहाँ आइतबार १० हजार बढी संक्रमित भेटिए ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयले आइतबार राती जारी बयानमा भन्यो, ‘देशमा पछिल्लो २४ घण्टामा १० हजार ५ सय ६९ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन अर्थात् शनिबार १३ हजार ४ सय ९८ संक्रमित भेटिएका थिए । यो स्पष्ट रुपमा संक्रमणको दोस्रो लहर हो र सरकारले यसका लागि कडा नीति अपनाउने तयारी गर्दैछ । आइतबार संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । फ्रान्समा ३१ हजार ५ सय ८५ व्यक्तिको हालसम्म मृत्यु भइसकेको छ । अर्कोतर्फ, सम्भावित लकडाउनजस्तो कदमको विरोध पनि सुरु भइसकेको छ ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.