Fast Nepal News

गुठी आन्दोलनदेखि प्रवक्ता पदसम्म! रबिन्द्र कुमार श्रेष्ठको यात्रा

banner single news

काठमाडौं — स्वदेशवाद, बहुल राष्ट्रवाद र सामुदायिक समाजवादका पक्षमा लामो समयदेखि संघर्षरत नेता रबिन्द्र कुमार श्रेष्ठ राष्ट्रिय मुक्ति पार्टी नेपालको प्रवक्तामा सर्वसम्मत रूपमा चयन भएका छन्।

श्रेष्ठले गुठी आन्दोलन, खोकना विद्रोह, गैरन्यायिक सडक विस्तार, र नागरिक अधिकारका सवालमा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन्। उनी आत्मनिर्भर राष्ट्र निर्माणका कट्टर समर्थकका रूपमा परिचित छन्।

Inside Article Ads

विगत डेढ दशकदेखि नागरिक आन्दोलनका अगुवा अभियन्ता रहेका श्रेष्ठप्रति जनता र समर्थकहरूले प्रवक्ता पदमा रहँदा अझ प्रभावकारी रूपमा आवाज बुलन्द गर्ने अपेक्षा राखेका छन्। सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र सामुदायिक स्वशासनका मुद्दामा स्पष्ट र दृढ धारणा राख्दै आएका उनले अब पार्टीको विचार र नीति जनतासम्म पुर्‍याउने जिम्मेवारी सम्हाल्नेछन्।

Visited 259 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.