Fast Nepal News

गाउँ पर्यटन प्रवर्द्धन मञ्चको अध्यक्षमा कृष्णबहादुर सुवेदीको उम्मेद्ववारी घोषणा

banner single news

काठमाडौं, १९ फाल्गुण-गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ-नेपाल) को आसन्न निर्वाचनका लागि कृष्णबहादुर सुवेदीले अध्यक्ष पदमा दाबी पेश गर्दै उम्मेद्ववारी घोषणा गरेका छन्। भिटोफको २४ औं साधारण सभा मार्फत नयाँ नेतृत्व चयन हुन लागेमा सुवेदीले नेतृत्वका आफ्नो उम्मेद्ववारी घोषणा गरेका हुन । चैत्र २० गतेका लागि भिटोफको निर्वाचन मिती तोकिएको छ यसअघि भदौ २५ का लागि तय गरिएको साधारण सभा कोरोना महामारीका कारण स्थगन भएको थियो।

कोरोनाले थला परेको ग्रामीण पर्यटनलाई टेवा दिने उदेश्यले आफुले उम्मेदवारी दिन लागेको आकांक्षी सुवेदीले बताएका छन्। ‘कोरोनाले थला परेको नेपालको ग्रामीण पर्यटन व्युँताउन र पुनःप्रवर्धन गर्नलाई मैले उम्मेद्वारको घोषणा गरेको हुँ,’ सुवेदीले भने।

‘पुराना होमस्टेको बजारीकरण, नयाँ ग्रामिण पर्यटकीय गन्तब्यको खोजी एवम् प्रवर्द्धन र आवश्यक तालिमका लागि सहजीकरण गर्ने मेरो मुल लक्ष्य छ’ सुवेदीले आफ्नो दाबी पेश गर्दै भने । आफ्नो नेतृत्वमा भिटोफ-नेपालले ग्रामीण पर्यटनको पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेल्न सक्ने पनि उनले औल्याए ।

Inside Article Ads

को हुन सुवेदी ?

धादिङ ज्वालामुखी गाउँपालिका-६, खत्री गाउँ मुल थलो रहेका ३४ वर्षे सुवेदी युवा पर्यटन व्यवसायी हुन्। उनी विगत दुई दशक देखी पर्यटन व्यवसायमा आवद्ध छन् । नेपाल क्लाइम्बिङ एडभेञ्चर प्रा.लिका प्रबन्ध निर्देशक रहेका सुवेदीले भिटोफ नेपालको सह-कोषाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन्।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.