Fast Nepal News

अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ को प्रभावकारी कार्यन्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न 

banner single news

काठमाण्डौं, १८ फागुन- प्रेस काउन्सिल नेपालको आयोजना, ओपन सोसाइटी फाउण्डेशनको आर्थिक सहयोग तथा नेपाल अपाङ्ग मानव अधिकार केन्द«को संयोजनामा अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ को प्रभावकारी कार्यन्वयनको विषयमा विभिन्न सञ्चार माध्यमहरुका  सम्बन्धीत व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा सम्पन्न भयो । सो अन्तरक्रिया कार्यक्रममा अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ को प्रभावकारी कार्यन्वयन सम्बन्धी  काठमाण्डौंमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्रेस काउसिन्ल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले सञ्चारकर्मीहरुले अपाङ्गता भएका व्यक्तिहरुको आत्म सम्मानमा चोट पुग्ने शब्दहरु प्रयोग गर्न नहुने, सही र गलत शब्दहरुको विषयमा जानकार हुनुपर्ने, तथा अबका दिनमा अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नको लागि प्रेस काउन्सिल नेपालबाट बजेट छट्याइने बताए । सो कार्यक्रममा  सञ्चारकर्मीहरुले अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ अनुसार काम गर्ने र सञ्चारकर्मीहरुलाई पनि निर्देशन दिने उनले बताए ।

नेपाल अपाङ्ग मानव अधिकार केन्द«की अध्यक्ष तारावदन सेडाईले सबैलाई स्वागत गर्दै सञ्चार माध्यमहरु तथा सबै नागरिकहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई सम्बोधन गर्दा सभ्य भाषा प्रयोग गर्नु पर्ने तथा अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ लाई पूर्ण रुपमा कार्यन्वयन गर्न सबैले आवश्यक सहयोग गर्नु पर्ने बताउईन् ।
कार्यक्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द«का कार्यकारी निर्देशक जगदिश प्रसाद अधिकारीले अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ को प्रभावकारी कार्यन्वयन सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए। यसै क्रममा उनले विशेष गरी सञ्चार सञ्चारकर्मीहरुले समाचार संकलन गर्ने, प्रकाशन तथा प्रशारण गर्ने क्रममा अपाङ्गता भएका व्यक्तिहरुका लागि सम्मानित शब्द प्रयोग गर्नु पर्ने, उनीहरुलाई फरका क्षमता नभनिकन अपाङ्गता भएका व्यक्तिहरु भनेर संवोधन गर्नुपर्ने लगायतका कुरामा जोड दिए ।
त्यसैगरी, प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकिय अधिकृत झवेन्द« भूषालले अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ को विषयमा जानकारी दिदै यो निर्देशिकामा उल्लेख भए अनुसार सञ्चारकर्मीहरुले अपाङ्गता भएका व्यक्तिहरुका सवालमा सामाग्रीहरु संकलन गर्नुपर्ने र सञ्चार माध्यमहरुले पनि सोही अनुरुप प्रकाशन तथा प्रशारण गर्नु पर्ने बताउदै उजुरीहरुको विषयमा अनुगमन गरि आवश्यक कारवाही गरेको बताए ।

Inside Article Ads

यसैक्रममा, बौद्धिक अपाङ्गताका अभिभावक तथा अपाङ्गता अधिकारकर्मी मुकुन्दहरी दाहालले प्रेस काउन्सिल नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व गराउनुपर्ने, अपाङ्गता भएका व्यक्तिहरुका सवालमा कमल चलाउने सञ्चारकर्मीहरुलाई त्यहाँका कार्यक्रमहरुमा प्राथामिकताका अवसर प्रदान गर्नु पर्ने, बताए भने प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकिय अधिकृत तथा प्रवक्ता दिपक खनालले समाचार लेख्दा, प्रकाशन तथा प्रशारण गर्दा, सूचना वा विज्ञापन तथा वृत्त चित्रहरु बनाउनदा पनि अपाङ्गता भएका व्यक्तिहरुको आत्म सम्मानमा चोट पुग्ने शब्दहरु प्रयोग गर्न नहुने बताउदै सबै सञ्चारकर्मीहरुले अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ मा उल्लेख भएका व्यवस्थाहरुको पालना गर्नुपर्ने बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार तथा प्राइम टाइम्स् टेलिभिजनका कार्यकारी अध्यक्ष ऋषि धमलाले प्रेस काउन्सिल नेपाल लगायत सबै सञ्चार गृहहरु अपाङ्गता मैत्री बनाइनु पर्ने, सबैले अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मानजनक शब्दहरु प्रयोग गर्नु पर्ने उल्लेख गरे ।
सो अन्तरक्रियामा नेपाल अपाङ्ग मानव अधिकार केन्द«ले अपाङ्गता भएका व्यक्तिहरुलाई प्रयोग गरिने सभ्य भाषा सहतिको शब्दावली भएको स्टीकर पनि सार्वजनिकिकरण गरिएको थियो ।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.