Fast Nepal News

राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफल

banner single news

काठमाडौं/ संयुक्त अधिराज्यका लागि नवनियुक्त राजदूत लोकदर्शन रेग्मी र नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफल भएको छ । राजदूत रेग्मी र नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरु बीच चेम्वर भवनमा बुधबार भएको छलफलका क्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नवनियुक्त राजदूत रेग्मीको सफल कार्यकालको कामना गर्दै नेपाल र संयुक्त अधिराज्य बीच कुटनीतिक सम्वन्ध स्थापनाको द्धिशतवार्षिकी भइ सकेता पनि दुई मुलुक वीचको व्यापार तथा लगानी अपेक्षा गरे अनुरुप नभएको बताए । दुबै देश बीचमा आर्थिक संम्बन्ध अभिवृद्धि गर्नको लागी निजी क्षेत्र बीचको सम्वन्धलाई बढाउनु पर्ने, द्धिपक्षीय व्यापार प्रतिनिधि मण्डलको भ्रमण आदान प्रदान बढाउनुपर्नेमा उनले जोड दिए । अध्यक्ष श्रेष्ठले विश्व अर्थतन्त्रमा संयुक्त अधिराज्यको बित्तीय क्षेत्रको साख उच्च तहको रहेकोले नेपालमा वैकिङ क्षेत्रको लगानी भित्र्याउन, नेपालबाट अर्गानिक वस्तुको निर्यात बजार बिस्तारको लागि पहल गरिदिन र पर्यटन प्रवद्र्धनका लागि सोझै हवाइ सम्पर्क कायम गराउने तर्फ पनि प्रयास गरी दिन आग्रह समेत गरे ।

भेटका अवसरमा नवनियुक्त राजदूत रेग्मीले संयुक्त अधिराज्य बित्तीय हव भएकोले बिश्व अर्थ जगतमा यसको विश्वसनियता रहेको औल्याउदै संभव भएसम्म नेपालमै शाखा कार्यालय स्थापना गराउने वा प्रतिनिधि कार्यालय स्थापना गराउन पहल गर्ने र यसबाट नेपालमा लगानीको लागि अनुकुल बातावरण सृजना हुने बताए । संयुक्त अधिराज्यले एसियाली बजारलाइ महत्वका साथ हेरिरहेकोले पाइएको धारणा राख्दै फाइदा लिनुपर्ने पनि रेग्मीले उल्लेख गरे । संयुक्त अधिराज्य र नेपाल बीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्न प्रबिधि हस्तान्तरण गर्ने र ठूला उद्योगमा लगानी भित्र्याउन वीटुवी तहमा सम्वन्ध बिस्तारका लागि प्रयास गर्ने प्रतिवद्धता व्यक्त समेत गरे । सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालको पनि उपस्थिति रहेको थियो ।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.