Fast Nepal News

लमजुङको उस्ताबेसीमा जीप दुर्घटना : २ जनाको मृत्यु, ११ घाइते

banner single news

सुमित्रा भुजेल

लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–७ स्थित उस्ताबेसीमा शनिबार अपराह्न एक यात्रुबाहक बोलेरो जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन्।
छिनखोलातर्फ जाँदै गरेको ग १ ज ६४७० नम्बरको जीप उकालोको घुमाउरो सडकबाट अचानक अनियन्त्रित भई करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटना करिब साढे ४ बजे भएको हो।
प्रारम्भिक विवरण अनुसार मृत्यु हुनेमा स्थानीय ४० वर्षीया गंगामाया भन्ने त्रिवेणी गुरुङ र ३५ वर्षीया पुष्पा घले रहेका छन्। यद्यपि, उनीहरूको पहिचान सम्बन्धमा औपचारिक पुष्टि हुन बाँकी रहेको छ।
दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी बेंसीसहरस्थित अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवन रिफर गरिएको छ भने अन्य ३ जनाको प्रदेश अस्पताल लमजुङको रेड जोनमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

Inside Article Ads
Visited 28 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.