Fast Nepal News

यमरी पुन्हीको अवसरमा राष्ट्रिय मुक्ति पार्टीद्वारा नेपालभाषामा(नेवा: भाषा) प्रेस विज्ञप्ति जारी

नेपालभाषामा जारी राष्ट्रिय मुक्ति पार्टीको यमरी पुन्ही शुभकामना सन्देश सार्वजनिक

banner single news

काठमाडौँ,  —नेवा: समुदायको सांस्कृतिक पहिचान, कृषि–आधारित सभ्यता तथा सामुदायिक समृद्धिको प्रतीक मानिने यमरी पुन्ही (य:मरि पूर्णिमा)को पावन अवसरमा राष्ट्रिय मुक्ति पार्टी, नेपालले देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ।

पार्टीद्वारा आज जारी गरिएको शुभकामना सन्देशमा यो पर्वले नयाँ उत्पादनप्रति कृतज्ञता, श्रमप्रति सम्मान, परम्पराप्रतिको निष्ठा तथा समुदायिक एकता–मेलमिलापको मूल मूल्यलाई उजागर गर्ने उल्लेख गरिएको छ।

Inside Article Ads

सन्देशमा भनिएको छ,
“हाम्रो स्वदेशवाद वैचारिकीले स्थानीय उत्पादनमा आत्मनिर्भरता, राष्ट्रका विविध समुदायहरूको समान सम्मान, पहिचानको संरक्षण, र प्राकृतिक–सांस्कृतिक स्रोतहरूको स्वामित्वमा आधारित न्यायपूर्ण विकासलाई राष्ट्रिय रूपान्तरणका आधारस्तम्भका रूपमा व्याख्या गर्दछ।”

पार्टीका अनुसार य:मरि पुन्हीले प्रतिपादन गर्ने भूमि–श्रम–संस्कारको समन्वय आजको राष्ट्रिय यात्रामा प्रेरक शक्ति बन्न सक्नेछ।राष्ट्रिय मुक्ति पार्टीले सबैमा य:मरि पुन्ही–२०७८ का अवसरमा शान्ति, समृद्धि र सद्भावको कामना गर्दै शुभेच्छा व्यक्त गरेको छ।

Visited 53 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.