Fast Nepal News

मन्त्री घिसिङद्वारा गुह्येश्वरी ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण

banner single news

 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ,भौतिक पूर्वाधार तथा याातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बिहान गुह्येश्वरी ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले पशुपतिभन्दा माथि सुन्दरीजलसम्म बागमती करिडोरको कुनैपनि ठाउँमा ढल बागमतीमा मिसिन नहुने बताए ।

उनले भने, ‘मुख्यगरी पशुपतिभन्दा माथि सुन्दरीजलसम्म बागमती करिडोरको कुनैपनि ठाउँमा ढल बागमतीमा मिसिनु हुँदैन । सबै ढल गुह्येश्वरी ढल प्रशोधन केन्द्रमा आएर मात्र मिसिनुपर्छ भनेर लागेका छौ ।’
उनले गुह्येश्वरी ढल प्रशोधन केन्द्रबाट ढल सफा गरेर मात्र पशुपति भन्दा अगाडि सफा पानी पठाउने पनि बताए । ‘केही ठाउँमा समस्या रहेछ त्यसमा हामी तत्कालै त्यसलाई खोल्ने र ढललाई सफा गरेर यहाँबाट सफा भएर मात्र पशुपति भन्दा अगाडि सफा पानी मात्र पठाउने भन्ने उद्देश्य हो,’ उनले भने ।

Inside Article Ads

उनले गुह्येश्वरी ढल प्रशोधन केन्द्रमा धेरै समस्या भएको र त्यसको समधानका लागि उपकरणहरु आइसकेको बताए । ‘यहाँ आउने ढलमा समस्या छ । सबै ठाउँमा बन्द छ । चार, पाँच ठाउँमा अवरोध छ । जसले गर्दा सबै ढलहरु गुह्येश्वरी ढल प्रशोधन केन्द्रमा आउन सकेको छैन । बागमतीको मिसिएको छ । त्यसलाई हामी सफा गर्दैछौ । छिट्टै नै ढल सफा गर्न उपकरणहरु पनि आएको छ,’ उनले भने ।
उनले आजको अवलोकनले तोकेको मापदण्ड अनुसार पानी आए नआएको र यसले कसरी काम भईरहेको त्यसको बारेमा जानकारी लिनुपनि रहेको बताए ।

‘यो ट्रेट्मेन्ट प्लान्ट कसरी अपरेसन भईरहेको छ भन्ने निरिक्षण पनि हो । हामी तोकेको मापढण्ड अनुसार चलेको छ कि छैन । तोकेको मापढण्ड अनुसार पानी आएको छ कि छैन, त्यसको व्यवस्थापन कसरी गर्ने विषयहरुका साथै भविष्यमा यसलाई कसरी चलाउन सकिन्छ भन्ने कुरा पनि यस अवलोकनमा आयौँ,’ उनले भने ।

Visited 6 times, 6 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.