Fast Nepal News

शहिदलखन–८ मैलुङकी गिता रम्तेललाई ग्लोबल आइएमई लघुवित्तद्वारा विमा क्षतिपूर्ति हस्तान्तरण

banner single news

२२ कार्तिक २०८२, गोरखा ,बिनोद मजाकोटि
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय बुङ्कोटले आफ्नो सदस्य गिता रम्तेललाई विमा क्षतिपूर्ति रकम हस्तान्तरण गरेको छ।
शहिदलखन गाउँपालिका–८ मैलुङ निवासी सदस्य गिता रम्तेलका श्रीमान् कृष्णबहादुर रम्तेलको निधन भएपछि संस्थाले आर्थिक सहयोगस्वरूप रु. २ लाख १७ हजार ५ सय रुपैयाँ बराबरको विमा क्षतिपूर्ति रकम प्रदान गरेको हो।

संस्थाका शाखा प्रमुख अर्जुन बि.क. का अनुसार, मृतक सदस्यको नाममा रहेको रु. १ लाख ३२ हजार बराबरको कर्जा मिनाहा, काजक्रिया खर्चका लागि रु. १७ हजार ५ सय, र नगद रूपमा रु. ८५ हजार ५ सय गरी कुल रकम हस्तान्तरण गरिएको हो।

Inside Article Ads

कार्यक्रममा संस्थाका अनुगमन अधिकृत बिमल खनालले लघुवित्तले सदस्यहरूका लागि उपलब्ध गराइरहेका अन्य सुविधाबारे जानकारी गराए।
त्यसैगरी, शहिदलखन–८ का वडा अध्यक्ष वासुदेव ढकालले लघुवित्तले गाउँका पिछडिएका जनसमुदायमा आर्थिक सशक्तिकरण ल्याउने कार्यमा योगदान पुर्‍याइरहेको उल्लेख गर्दै सदस्यहरूलाई कर्जा र बचतमा सक्रिय हुन आग्रह गरे।
उक्त कार्यक्रम शनिबार बुङ्कोट शाखा परिसरमा सम्पन्न भएको थियो।
कार्यक्रममा वडा अध्यक्ष ढकाल प्रमुख अतिथि, अनुगमन अधिकृत खनाल र शाखा प्रमुख बि.क. अतिथि रहनुभएको थियो। साथै शाखा कर्मचारी सुनिता आले तथा लघुवित्तका सदस्यहरूको उपस्थिती रहेको थियो।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.