Fast Nepal News

काठमाडौंमा पहिलो पटक नौ कुण्डिय गायत्री महायज्ञ, वडा अध्यक्ष सरोज ढकालद्वारा उद्घाटन

banner single news

काठमाडौं । देवभूमि मानव सेवा समाजको आयोजनामा काठमाडौं महानगरपालिका–३१ मा पहिलो पटक नौ कुण्डिय गायत्री महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान धार्मिक महोत्सव सुरु भएको छ ।

भदौ १५ गते आइतबारदेखि सुरु भएको महायज्ञ भदौ २२ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन काठमाडौं–३१ का वडा अध्यक्ष सरोज ढकालले गर्नुभयो ।

गायत्री साधक एवम् प्रचारप्रसारक वेद प्रसाद भट्टका अनुसार नयाँ पुस्तालाई योग, ध्यान र यज्ञतर्फ आकर्षित गर्न तथा शाकाहार, सकारात्मक जीवनशैली र संस्कारप्रति सचेत बनाउन महायज्ञ आयोजना गरिएको हो । उनले भने, “यो महायज्ञ नौ ग्रहलाई व्यवस्थित गर्ने विश्वासका साथै बालबालिका, युवा र ज्येष्ठ सबैमा सकारात्मक उर्जा सिर्जना गर्ने अभियान हो ।”

Inside Article Ads

महोत्सव अन्तर्गत हरेक दिन बिहान ७ बजे पाठ परायण, बिहान ७ः३० देखि ९ः३० बजेसम्म गायत्री यज्ञ, दिनभर चरु हवन तथा यज्ञ र बेलुकी ४ः२५ देखि ५ बजेसम्म आरती हुने कार्यक्रम तय भएको छ । मंगलबार तेस्रो दिन कोसेली स्कुलका ५० जना विद्यार्थीले सहभागिता जनाएका छन् ।

सप्ताहभरि गायत्री हवनको आध्यात्मिक विज्ञान, योग, साधना, संस्कार तथा जीवन जिउने कलासम्बन्धी प्रवचन हुने छ । त्यस्तै, देश र विश्वशान्तिको कामना सहित सुप्रसिद्ध भागवत गुरु मोहन अर्यालको मुखारविन्दुबाट कथा वाचन गरिनेछ ।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.