Fast Nepal News

नेवा: राष्ट्रिय परिषद्को पहलमा बिमला महर्जनको जग्गामा तारबार

banner single news

धादिङ–धार्के, साविक केबलपुर धुनिबासी नगरपालिका–५, ९ ग कित्ता नं. १२० मा नेपाल सरकारको सडक विभागले जग्गाधनी बिमला महर्जनको निजी जग्गामा बिना सहमति र मापदण्ड विपरीत ३ रोपनी १५ आना र २ पैसा जग्गामा गैरकानुनी रूपमा पिच गरेको पाइएको छ।

यस अन्यायविरुद्ध नेवा: राष्ट्रिय परिषद्का संयोजक सुमन सायमी, हलिं नेवा: गुठीका संस्थापक अध्यक्ष शान्त प्रकाश श्रेष्ठ, बिनोद महर्जन, राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष कौशल कुमार सिंह, प्रवक्ता रबिन्द्र कुमार श्रेष्ठ, केन्द्रीय सदस्य विकास बाबू श्रेष्ठ, विकास घिमिरे, बेबि राजभण्डारी, अनित रंजितकार लगायतका नेताहरूको उपस्थितिमा जग्गाधनीको हक अधिकार सुनिश्चित गर्दै जग्गा फिर्ता दिलाउन तारबार लगाइएको छ।

नेवा: राष्ट्रिय परिषद्ले यसलाई नागरिक अधिकारको प्राप्तिका लागि भएको संघर्ष र अन्यायविरुद्धको विद्रोहको प्रतीकात्मक कदमका रूपमा व्याख्या गरेको छ।

Inside Article Ads

Visited 575 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.