
काठमाडौं — अन्तर्राष्ट्रिय युवा दिवस २०२५ का अवसरमा राष्ट्रिय मुक्ति पार्टी नेपालले सम्पूर्ण नेपाली युवाप्रति शुभकामना व्यक्त गर्दै राष्ट्रनिर्माणमा युवाको अग्रणी भूमिकालाई जोड दिएको छ।

पार्टीका प्रवक्ता रविन्द्रकुमार श्रेष्ठले मंगलबार जारी गरेको प्रेस वक्तव्यमा स्वदेशवादको दृढ आधारमा “राष्ट्रिय मुक्ति क्रान्तिको विजयी यात्रा अघि बढाउन युवाशक्ति नै निर्णायक हुने” स्पष्ट उल्लेख गरिएको छ। उनले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणका लागि युवाको सक्रिय सहभागिता, उच्च चेतना र अडिग संकल्प अपरिहार्य भएको बताउँदै, “युवाले राष्ट्रिय पहिचान, स्वदेशवाद, बहुलता र सहिष्णुताको संस्कारलाई संरक्षण गर्दै समृद्ध र स्वतन्त्र नेपाल निर्माणमा नेतृत्व लिनुपर्ने”आग्रह गरेका छन्।
श्रेष्ठका अनुसार, राष्ट्रिय मुक्ति पार्टी युवाको नेतृत्वमा क्रान्तिकारी अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धतामा अडिग छ। वक्तव्यको अन्त्यमा उनले “युवा शक्ति नै राष्ट्रको भविष्य” भन्ने सन्देशसहित सम्पूर्ण युवालाई मातृभूमिको सेवामा समर्पित हुन आह्वान गरेका छन्।
