
काठमाडौ श्रावण ३
मञ्जुश्री साहित्य समाजको ८० अौं रचनावाचन शृङ्खला प्रविधि माध्यम भर्चुअल वाट सम्पन्न भएको छ । मञ्जुश्रीका अध्यक्ष डा. बमबहादुर थापा जितालीको अध्यक्षता,जनकविकेशरी धर्मराज थापाका सुपुत्र मदनराज थापाकोको प्रमुख आतिथ्य र वीरबहादुर लोहनीको सञ्चालनमा सम्पन्न यो कार्यक्रममा कविवर पुरुषोत्तम सिग्देल ,आनन्द अधिकारी र जगदीश्वर पोखरेलको विशेष उपस्थिति रहेको थियोे । कार्यक्रममाप्रमुख आमन्त्रित मदनराज थापाले कवितामा विषयवस्तुको प्रस्तुतिलाई शिल्प र लालित्यले प्रभावकारी बनाउँछन् ,आज मैंले जति सुनेका कविता छन्,तिनले कविताको क्षेत्रमा परिष्कार हुँदै गएको पाएँ भन्दै आफ्नो मुक्तलयको एउटा कविता वाचन गर्नुभयो । कार्यक्रममा वाचित रचनाहरूको संक्षिप्त टिप्पणी खोलाघरे साहिंलाले गर्नुभएको थियो । सहभागी कविगणले निम्न क्रमानुसार रचना पाठ गर्नुभएको थियोे –
१.बालकृष्ण सुवेदी,अनुष्टुप् छन्दमा
२. दुर्गाप्रसाद सिग्देल -” हिजोआज ” लोकलयमा
३.खोलाघरे साहिंलो -“लुते साँझका सन्दर्भमा ” स्रग्धरामा
४.गङ्गा लिगल-“देशको माटो” आद्यकविता र चारवटा मुक्तक
५.आनन्द अधिकारी -” अपूर्ण साधना” मुक्त लयमा
६.द्वारिका चौंलागाईं-” अव्यक्त सत्य”सम्वाद शैली र लोकलयमा
७.पुरुषोत्तम सिग्देल -“फाल्न जुटौं दुवै लुतो” इन्द्रवंशामा
८.हरि खनाल-” ” मञ्जुला छन्दमा
९.टेकबहादुर लौडारी-” प्रकृतिमा कविहरू” लोकलयमा
१०.पूर्णदेवी न्यौपाने-” हे निद्रा” शार्दूलविक्रीडितमा
११.मदनराज थापा-” उसको तस्वीर” मुक्त लयमा
१२.चन्द्रा न्यौपाने-“लुते सुसेलीहरू ३ र कविवर धर्मराज थापासँग सम्बन्धित ५ वटा सुसेलीहरू
१३.कल्पना भट्टराई -“छन्द ” पञ्चचामर छन्दमा
१४.दुर्गा अधिकारी भँमरकोटे-साउन शिवको महिना,शिवजीसँग सम्बन्धित सुसेलीहरू
१५.वीरहादुर लोहनी -” देशको माया” लोकलयमा
१६.जगदीश्वर पोखरेल-“सुके लुतो” उपजाति छन्दमा
१७.द्वारिका कुइँकेल-” भानु” स्वतन्त्र छन्द
१८. डा. बमबहादुर थापा जिताली-” म देश खोजिरहेछु” उपजाति छन्दमा
१९. गुप्तबहादुर श्रेष्ठ -सभ्य श्रोता
कार्यक्रममा सहभागी सबै कविगण,प्रमुख आमन्त्रित मदनराज थापा,विशेष व्यक्तित्वहरूमा हार्दिक धन्यवाद दिंदै अध्यक्षले यो प्रविधिमैत्री कार्यक्रम समापन भएको घोषणा गर्नुभयो ।
