Fast Nepal News

कञ्चनपुरमा विद्यालय खोल्ने तयारी

banner single news

कञ्चनपुर — २० भाद्र २०७८

कञ्चनपुर , कञ्चनपुरमा आइतबारदेखि विद्यालयमा भौतिक रूपमा पठनपाठन सुचारु गर्न सकिने भएको छ । स्मार्ट लकडाउनको पालना गर्दै स्थानीय तहहरूले निर्णय गरेर विद्यालयमा पठनपाठन सुचारु गर्न सकिने भएको हो ।  कोभिड –१९ संकट व्यवस्थापन समितिको निर्णयअनुसार शुक्रबार जिल्ला प्रशासनमा भएको छलफलपछि विद्यालय खोल्न सकिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले बताए ।

स्थानीय तह र विद्यालय व्यवस्थापन समितिको निर्णयका आधारमा विद्यालय सञ्चालन गर्न सकिने उनले बताए । उनका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय सञ्चालनसम्बन्धी कार्यविधिका आधारमा पठनपाठन सुचारु गर्न सकिनेछ । छलफलमा जिल्लाका सबै स्थानीय तहका प्रमुख, शिक्षा शाखाका प्रमुख उपस्थित थिए । ‘पालिकाहरूले निर्णय गरेपछि व्यवस्थापन समितिले अभिभावकसॅंग छलफल गरेर पठनपाठन सुचारु गर्न सकिनेछ,’ शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले भने । 

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.