
काभ्रे ,जेठ २४ ।काभ्रे सेवा समाज साउदी अरबद्वारा काभ्रेपलान्चोक जिल्लाका बिभिन्न क्षेत्रका कोभिड-१९, कोरोना बिमारीहरुको जीवन रक्षाको लागि सहयोग स्वरुप ५ लिटर क्षमता, २१ किलो वजन, ९३ प्रतिशत अक्सिजन आउटपुट प्युरिटी दिने ओव्गेल्स कम्पनिको १२ वटा मेडिकल अक्सिजन कन्सट्रेटर प्रमुख जिल्ला अधिकारी एवं जिल्ला संकट ब्यबस्थापन काभ्रेका संयोजक शिवराम पोखरेललाई हस्तान्तरण गरियो।यस पुन्य कार्यको लागी काभ्रे सेवा समाज साउदी अरबका अध्यक्ष जेन कुमार लामा, महासचिब सुरेश राज त्रिपाठी, कोषाध्यक्ष अजय कुमार त्रिपाठी, सदस्य दशरथ हुमागाइँ लगायत सम्पूर्ण सहयोग गर्नु हुने महानुभावज्यूहरूलाई स्थानियले विशेष धन्यवाद दिएकन थिए । फाेटाे फिचर 




