
डायमण्ड जोशी।
१३ जेठ, सुर्खेत
प्रधानमन्त्री केपि शर्मा ओली को असंवैधानिक कदमका विरुद्ध चौकुने गाउँपालिका मा चार दल ले संयुक्त प्रेस वक्तव्य जारी गरेको छ। जनताको कठोर आन्दोलन र बलिदान बाट प्राप्त नेपालको संविधान माथी अघात पुर्याएको भन्दै चार दलले संयुक्त प्रेस वक्तव्य जारी गरेको हो।
नेकपा एमाले का तर्फ बाट हरि प्रसाद खनाल , माओवादी बाट गंगाराम बि.क , काँग्रेस बाट मोहनसिंह थापा र राष्ट्रिय जनमोर्चा का तर्फ बाट भुपेन्द्र जोशी को संयुक्त चार दल ले प्रेस वक्तव्य जारी गरेको हो। बिहिवार प्रेस वक्तव्य जारी गर्दै संयुक्त दलहरुले नेपाल को संबिधान धारा ७६ को उपधारा ३ वमोजिम प्रधानमन्त्रीमा नियुक्त केपि ओली द्वारा सोही धाराको उपधारा ४ वमोजिम विश्वास को मत लिनुपर्ने बाध्यकारी प्रावधानको उलंघन गर्दै उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्ति हुनुपर्ने सिफारिस राष्ट्रपतिलाई गरि संविधानको संरक्षण दायित्व रहेको राष्ट्रपती बाट समेत प्रधानमन्त्रीको उक्त सिफारिस अनुसार नै एक दिनको मात्र समय दिएर नयाँ प्रधानमन्त्री को लागि आव्हान गरिएको र नेपालको संविधान माथी प्रहार असंवैधानिक भएको संयुक्त प्रेस वक्तव्य ले बताएको छ।
महामारी का वेला राजनीति जगत र सिंगो राष्ट्रलाई एकतावद्ध रुपमा अगाडि बढाउनु पर्ने मा जनप्रतिनिधि संस्थालाई विघटन गरि अत्यन्तै गैर जिम्मेवार कार्य गरेको भन्दै प्रेस वक्तव्यमा उल्लेख गरिएको छ। निर्वाचन नगराई निरंकुश सत्ता लम्ब्याउने दुरासय बाट घोषित आम निर्वाचनले कोरोना संक्रमण महामारिको भयावह अवस्था को सामना गरिरहेको र जनतालाई झन गम्भीर संकटमा धकेलिदिएको संयुक्त दलको तर्क छ।
नेपालको संविधान धारा ७६ को ५ वमोजिम प्रतिनिधि सभा को बहुमत प्राप्त सदस्यहरुको हस्ताक्षर सहित विधिसम्मत पेश गरेको दाविमाथी संविधानत: निर्णय गरि प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने संवैधानिक दायित्व राष्ट्रपति विद्या भण्डारी बाट निर्वाह नगरिएको र उल्टै प्रधानमन्त्री केपि ओली सँगको मिलेमतोमा बदनियतपुर्ण तवरले प्रतिनिधी सभाको विघटन गरि संविधान र लोकतन्त्र माथी प्रहार गरेको संयुक्त चार दल ले जनाएको छ।
प्रतिनिधि सभा लाई रातारात भंग गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको घोर निन्दा र भत्सर्ना गरेको प्रेश वक्तव्य मा उल्लेख छ। संसद भंग गरि मुलुकमा राजनीतिक अनिश्चय अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक र प्रतिगमनकारी कार्यका विरुद्ध नेपाली जनता एकजुट भै आन्दोलन संघर्ष र बलिदान बाट स्थापित संविधान माथी अराजकता गर्नेलाई नछोड्ने र संविधान र राष्ट्रको हित तथा रक्षा का लागि सर्वोपरी दृढतापुर्वक अगाडि बढ्ने संयुक्त दल एमाले काँग्रेस माओवादी र जनमोर्चा ले जनाएको छ।
