Fast Nepal News

चीनले नेपाललाई दस लाख खोप उपलब्ध गराउने ‌

चीन राजदूतावासले दस लाख डोज खोप छिटो भन्दा छिटो नेपाललाई उपलब्ध गराउने जानकारी दिएको छ।

banner single news

प्रकाश कपाली। काठमाडौ । जेठ १२ राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना समकक्षी राष्ट्र चीनसँग टेलिफोन वार्ता गर्नुभएको छ। ३५ मिनेटसम्म गरेको टेलिफोन वार्तामा कोरोना भाइरसको महामारी नियन्त्रण गर्न खोप आवश्यक पर्ने भन्दै खोप उपलब्ध गराउन चीनका राष्ट्रपति सि जिनपिङलाई आग्रह गर्नु भाको छ। फोन वार्ताको क्रममा चीनका राष्ट्रपति सि जिङ पिङले दस लाख डोज खोप अनुदानको रूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। यसभन्दा अगाडि चीनले आठ लाख भेरोसियल खोप नेपाललाई उपलब्ध गराएको थियो। ‌‌ राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड नियन्त्रणमा चीनको प्रशंसा गर्दै सहयोग गरेकोमा धन्यवाद पनि प्रकट गर्नुभयो। खोप खरिदका लागि सहजीकरण गर्न पनि भण्डारीले चीनका राष्ट्रपतिलाई आग्रह गर्नुभयो। ‌ ‌ राष्ट्रपति भण्डारीले कोरोना भाइरसको नियन्त्रणमा चीनले पुर्याएको सहयोगमा राष्ट्रपतिले गर्नुभएको प्रशंसा सहारनीय रहेको परराष्ट्रमन्त्री
प्रदीपकुमार ज्ञवालीले बताउनुभयो। यसैगरी चीन राजदूतावासले दस लाख डोज खोप छिटो भन्दा छिटो नेपाललाई उपलब्ध गराउने जानकारी दिएको छ। चीनका राजदूत हाउ यानछीले छिटो भन्दा छिटो खोप उपलब्ध गराउने जानकारी दिएको छ।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.