Fast Nepal News

माओवादी नेता पाण्डेमाथि कपिलवस्तुमा गोली प्रहार

banner single news

काठमाडौँ,नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेमाथि कपिलवस्तुमा गोली प्रहार भएको छ।

तौलिहवा–जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा जिल्ला नेता पाण्डेमाथि बिहीबार ११ बजेतिर अज्ञात समूहले गोली प्रहार गरेको एसपी नवराज अधिकारीले जानकारी दिए ।

पाण्डेको पेट र कम्ममा गोली लागेको छ । पाण्डेसँगै मोटरसाईकलमा सवार भारतीय नागरिक ईराज अख्तर मुलसमानको पनि पाखुरामा गोली लागेको छ ।

Inside Article Ads

तौलिहवातिर जाँदै गरेका पाण्डेलाई अर्को मोटरसाईकलमा आएका ३ जनाले गोली प्रहार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको अधिकारीले बताए ।

घाइते पाण्डेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान जारी रहेको तथा गोली हान्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.