Fast Nepal News

विज्ञान विषयमा ‘प्लस टू’ उर्तिण गरेकाले मात्रै रेल चलाउने पाउने

banner single news

काठमाडौं, वैशाख २८

काठमाडौं, सरकारले जयनगर–जनकपुर रेल चलाउने चालकको क्षमता विज्ञान विषयमा ‘प्लस टू’ उर्तिण गरेका हुनुपर्ने कानुन ल्याएको छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ल्याएको अध्यादेशले यस्तो कानुनको व्यवस्था गरेको हो ।

राष्ट्रपति भण्डारीले जारी गरेको अध्यादेशको दफा १८ मा रेलचालक र सहचालकको योग्यता बारे व्यवस्था गरिएको छ । नियमअनुसार चालक अनुमतिपत्र पाउन विज्ञान विषयमा प्लस टू उर्तिण हुनैपर्ने व्यवस्था गरिएको हो ।

Inside Article Ads

यसैगरी, रेल चालकको तालिम प्राप्त गरेको २५ वर्ष उमेर पुरा भई ५० वर्ष ननाघेका हुनुपर्ने समेत कानुनी व्यवस्था छ । शारिरिक वा मानसिक अवस्था स्वस्थ नभएको र दृश्यशक्ती कमजोर भएका व्यक्तीलाई भने चालकको अनुमति दिइने छैन।

विदेशी मुलुकबाट रेल चालक र सहचालकको अनुमति पाएको भए पनि निवेदन दिएमा नियुक्त गर्न सकिने व्यवस्था अध्यादेशले गरेको छ ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.