
काठमाडौं, वैशाख २४
काठमाडौं, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा पश्चिमी न्यून चापीय प्रणाली,दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेकोले वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
आज दिउँसो देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई चट्याङ्ग र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
