Fast Nepal News

प्रतिष्ठान प्रदेशका ९१ पत्रकार सङ्क्रमित

banner single news

कामठमाडौं , वैशाख २४

कामठमाडौं ,नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश अन्तर्गत ९१ पत्रकार सङ्क्रमित भएका छन्।महासङ्घको प्रतिष्ठान प्रदेशकाअध्यक्ष बालकृष्ण अधिकारीका अनुसार१९ प्रतिष्ठान शाखासहित २५ सञ्चार गृहका ९१ पत्रकारमा कोरोना सङ्क्रमण देखिएको छ।

प्रदेशका केन्द्रीय सदस्य, प्रदेश समितिका सदस्य, प्रतिष्ठान शाखाका दुई अध्यक्ष, निर्वतमान केन्द्रीय सचिवसहितका पदाधिकारीलाई कोरोना सङ्क्रमण देखिएको बताइएको छ ।

Inside Article Ads

त्यस्तै राष्ट्रिय समचार समिति (रासस), रेडियो नेपाल, गोरखापत्र, कान्तिपुर टेलिभिजन, कान्तिपुर, राजधानी, नेपाल टेलिभिजन, माउन्टेन, नेपाल प्रेस, एभीन्यूज, मेट्रो एफएम, नयाँ पत्रिकालगायतका २५ सञ्चार माध्याममा कार्यरत पत्रकारलाई कोरोना सङ्क्रमण देखिएको अध्यक्ष अधिकारीले बताए।

प्रतिष्ठान प्रदेशले कोरोना सङ्क्रमित पत्रकारको मनमोहन अस्पताल, पाटन अस्पताल, नर्भिक अस्पताल, टेकु अस्पताल, नेपाल प्रहरी अस्पताललगायतका अस्पतालमा उपचार भइरहेको र सम्पूर्ण पत्रकारको स्वास्थ्य लाभको कामना गरेको जनाएको छ ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.