Fast Nepal News

सवारी साधनको भाडामा मन परी छ गुणाबढी भाडा लिने गरेको प्रहरीको खुलासा

banner single news

काभ्रेपलाञ्चोक, वैशाख २४

काभ्रेपलाञ्चोक, काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारवाही गरेको छ ।

काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा लिएकोमा कारवाही गरिएको प्रहरीले बताएको छ ।

Inside Article Ads

प्रतियात्रु रु १५ हजारको दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित उक्त यातायत साधनलाई यातायात व्यवस्था विभागमा कारवाहीको सिफारिश गरिएको कार्यालय प्रमुख ट्राफिक इन्चार्ज प्रमिला श्रेष्ठले बताइन ।

चालक र सवारी साधन होल्ड गरी कारवाही सिफारिश गरेको उनको भनाइ छ ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.