Fast Nepal News

गंगलाल अस्पतालको आफ्नै अक्सिजन प्लान्ट, दैनिक १३५ सिलिन्डर उत्पादन

banner single news

काठमाडौं, वैशाख २०

काठमाडौं, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबादेखि अक्सिजन उत्पादन सुरु भएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा निर्माण भएको अक्सिजन प्लान्टबाट आइतबारदेखि उत्पादन सुरु भएको हो ।

बि.स. २०७६ सालमा केन्द्र र महानगरबीच अक्सिजन प्लान्ट स्थापना गर्ने सहमती भएको थियो । सम्झौता लगत्तै प्लान्ट निर्माणको काम सुरु भएको र अहिले सम्मपन्न भई सञ्चालनमा आएको हो ।

प्लान्टबाट प्रतिदिन ६ हजार ३४५ लिटर अक्सिजन उत्पादन गर्छ । जसबाट दिनमा १३५ वटा सिलिन्डर भर्न सकिने छ । एउटा अक्सिजन सिलिन्डरमा ४७ लिटर हुन्छ ।
केन्द्रमा निर्माण भएको प्लान्टको कुल लागत २ करोड ७५ लाख रुपैयाँ हो ।

Inside Article Ads

अब उक्त अस्पतालले यसअघि खपत गर्दै आएको अक्सिजन अन्यत्र खपत गर्न सकिने भएको छ । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट हुँदा अब बाहिरबाट अक्सिजन ल्याउनु नपर्ने भएको छ ।

यसैगरी, अस्पतालबाट समेत केही मात्रामा बाहिर अक्सिजन आपूर्ति गर्न सकिने छ । जसबाट अक्सिजनको आपूर्ति केही सहज हुने महानगरले बताएको छ ।

Visited 67 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.