Fast Nepal News

ह्यारिसले लगाईन् प्रवल गुरुङले डिजाइन गरेको कोट

banner single news

काठमाडौं, वैशाख १७

काठमाडौं, अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले नेपाली फेसन डिजाइनर प्रबल गुरुङले डिजाइन गरेको कोट लगाएकी छिन् । उपराष्ट्रपति ह्यारिसले नेपाली डिजाइनर गुरुङले डिजाइन गरेको कोट लगाएर अमेरिकी सांसदमा सहभागी भएकी हुन् ।

विहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त सदनलाई सम्बोधन गरेका थिए । सोही बैठकमा सहभागी हुन ह्यारिसले गुरुङले डिजाइन गरेको कोट लगाएकी हुन् । उनले गुरुङले डिजाइन गरेको क्रिम सुट र सिल्कको चार्मयुज लगाएकी थिइन् । ह्यारिसले यसअघि पनि गुरुङले डिजाइन गरेको कपडा लगाएकी थिइन् ।

Inside Article Ads

ह्यारिसले आफुले डिजाइन गरेको कोट लगाएपछि गुरुङले करियर सुरु गरेदेखि यसलाई अहिलेसम्मकै सबैभन्दा खुसीको क्षण भएको बताएका छन् । गुरुङ अमेरिकामा बस्दै आएका नेपाली मुलका फेसन डिजाइनर हुन् ।

उनले गरेको डिजाइनका कपडाहरु हलिउडकर्मी र बलिउडकर्मीका साथै अमेरिकी राजनीतिज्ञमाझ पनि प्रशिद्ध छन् ।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.