Fast Nepal News

निषेधाज्ञामा उपत्यकाका पेट्रोल पम्प बन्द नहुने, थानकोट डिपो पनि खुल्ने

banner single news

काठमाडौं, वैशाख १६

काठमाडौं, नेपाल आयल निगमले काठमाडौं उपत्यकाका तीन जिल्ला (ललितपुर, भक्तपुर र काठमाडौं)मा निषेधाज्ञाको समयमा पनि पेट्रोल पम्प खुलै रहने जानकारी दिएको छ। निगमले बुधबार राती एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पम्पह खुलै रहने बताएको हो।

यसैगरी, निगमको बागमती प्रदेशको थानकोट डिपो पनि बन्द हुनेछैनन्। निषेधाज्ञाको समयमा मागअनुसारको पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था मिलाउन पम्प खुलै राख्ने निर्णय भएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए।

Inside Article Ads

भने, ‘निषेधाज्ञाको समयमा सार्वजनिक यातायात नचले पनि अत्यावश्यक सामाग्री ढुवानी गर्ने सवारी साधान र निषेधाज्ञामा पनि सञ्चालन हुने कार्यालयका कर्मचारीलाई पेट्रोलियम पदार्थ आवश्यक पर्छ ।’

यसैगरी, एम्बुलेन्स सञ्चालन लगायतका अन्य कामकारबाहीका लागि पेट्रोल र डिजेलको आवश्यक्ता पर्ने भएकाले निगमले आधिकारिक पम्प खुलै राख्ने निर्णय गरेको जानकारी दिएको छ ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.