Fast Nepal News

सुनचाँदी व्यवसायी महासंघको सबै गतिविधि बन्द, सुनको मूल्य तोकिने

banner single news

काठमाडौं, वैशाख १६

काठमाडौं, नेपाल सुनचाँदी व्यवसायी महासंघले निषेधाज्ञामा सबै प्रकारका गतिविधि बन्द गर्ने भएको छ । महासंघले आजदेखि निषेधाज्ञा नखुल्दासम्म लागु हुने गरेर कार्यालय पनि बन्द गर्ने निर्णय गरिसकेको छ ।

तर, निषेधाज्ञाको अवधिमा सुनको दरभाउ भने तोकिने छ । देशव्यापी लकडाउन नभएसम्म सुनको मूल्य दैनिकरुपमा तोकिने महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । उनले भने, ‘उपत्यकामा निषेधाज्ञा हुँदा अन्य स्थानमा कारोबार भइरहेको छ । त्यसैले जबसम्म अन्यत्र कारोबार बन्द हुँदै तबसम्म मूल्य तोक्छौं ।’

Inside Article Ads

मूल्य तोक्नेबाहेक अन्य गतिविधि भने बन्द रहने उनले बताए । यसैगरी, निषेधाज्ञा अवधिमा बैंकहरुले आयात गर्दै आएको २० किलो सुनको आयात समेत रोकिने भएको छ । बैंकहरुले निषेधाज्ञामा सुनको माग नहुने भन्दै सुनको आयात नै रोकेका हुन् ।

Visited 60 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.