Fast Nepal News

निषेधाज्ञामा आपूर्ति व्यवस्था चुस्त बनाउन मन्त्रालयको र्यापिड रेस्पोन्स टिम

banner single news

काठमाडौं, वैशाख १५

काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले र्यापिड रेस्पोन्स टिम बनाएको छ । मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तुहको आपूर्ति व्यवस्था सुचारु राख्न यस्तो टिम बनाएको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. नारायणप्रसाद रेग्मीले उपत्यकासहित देशभर चल्ने निषेधाज्ञाको समयमा हुन सक्ने समस्या समाधान गर्न कार्यदल गठन गरेको बताए ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने सवारी साधानको आवतजावत नरोकिने बताएको छ । जसअनुसार, खाद्यान्न, पेट्रोलियम पदार्थ, तरकारी, दुध, खानेपानी लगायतका सामाग्री बोकेका ढुवानी साधान रोकिने छैनन् ।

Inside Article Ads

यी साधनहरु अत्यावश्यक वस्तुको सूचीमा पर्ने भएकाले नरोकिने प्रशासन कार्यालयले बताएको छ । यसैगरी, औषधी र खाद्यान्न पसल सञ्चालन हुनेछन् ।

औषधी पसल दिनैभर पनि खोल्न सकिने व्यवस्था गरिएको छ भने साना किराना पसल विहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न मिल्ने छ। यसैगरी, ठूला डिपार्टमेन्टल स्टोर विहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्ने बताइएको छ ।

Visited 106 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.