Fast Nepal News

२४ घण्टामै ट्रेन्डिङको दोस्रो स्थानमा प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’

banner single news

काठमाडौं – बैशाख १२

काठमाडौं, सार्वजनिक भएको २४ घण्टामा गायक/सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ? सपुतले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई गीतमा उठान गरेका छन् । समाजका विविध मुद्दालाई आफ्ना सिर्जनामा मुखरित गर्न पोख्त सपुतको उक्त गीतमा देशप्रतिको गौरव र गुनासो मिश्रण छ । “नेपाली सबैले स्वाभिमानपूर्वक बाँच्न पाऔँ, देशभित्रै भएर पनि अनागरिक जस्तो कोही हुन नपरोस् भन्ने सन्देश गीतले दिन्छ”, सपुतले भने, “हरेक नागरिकले आत्मगौरवका साथ र सम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्छ भन्ने नै गीतको केन्द्रीय भावभूमि हो ।

युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले शनिबार साँझसम्ममा छ लाख ३२ हजार बढी भ्यूज बटुलिसकेको छ । राष्ट्रव्यापी प्रतिभाको खोजी कार्यक्रममा सपुतसहितका कलाकार ‘अनागरिक समूह’ बनाएर प्रतिस्पर्धामा भाग लिएको दृश्य भिडियोको शुरुमा देखापर्छ । ‘अनागरिक समूह’बारे निर्णायकको प्रश्नमा सपुतले दिएको जवाफ मर्मस्पर्शी लाग्छ ।

आफ्नो समूहको प्रस्तुति दिन मञ्चस्थ भएका सपुत भन्छन्, “हामी देशैभरिबाट छौँ, हिमाल, पहाड, तराई सबैतिरबाट, हामी सबै जनाको केही न केही प्रतिभा छ, केही न केही सपना छ, त्यसभन्दा पनि एउटा स्वाभिमानी नेपाली भएर सुखी र सरल जीवन जिउने चाहना छ, तर त्यो चाहना पूरा भएको छैन र पनि देशको बिछट्टै माया लाग्छ, नेपाली हुनुमा गौरव पनि भएको र गुनासो पनि भएको मानिसहरु खोजेर मैले बनाएको हो यो समूह ।”

सपुतले आफँै रचेको गीतमा सङ्गीत पनि उनले नै दिएका छन् । मूल स्वर सपुतकै रहेको उक्त गीतको समूहगत गायनमा उनलाई कलाकार देवेन्द्र बब्लु, सुनिल विकलगायतले सघाएका छन् । “तत्काललाई प्रतिक्रिया राम्रै आएको छ, गीतमाथि विवेचना हुँदै जाला”, सपुतले भने, “गीत हाम्रै सामाजिक मनोदशाको एउटा चित्रण हो ।”

Inside Article Ads

उनले देशका विभिन्न ठाउँमा पुग्दा कस्तो देशमा जन्मेछु भनेर आफैँलाई धिक्कार्ने, बरु ठूलो÷विकसित देशमा जन्मन पाएको भए पनि हुनेजस्ता गुनासो र कुण्ठामिश्रित कुरा सुन्नुपर्दा दुःख लाग्ने गरेको सुनाए । अहिले पनि समाजमा दुःख, असमानता र विभेद कायमै रहेकाले त्यसको अन्त्य हुनुपर्ने उनी बताउछन् ।

गीतको भिडियोमा हिमाल, पहाड, तराई र सातै प्रदेशका सांस्कृतिक पहिचान झल्काउने सङ्गीत र नृत्यको सम्मिश्रणसमेत देख्न सकिन्छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिउका सपुतका यसअघि सार्वजनिक ‘बोलमाया’, ‘गलबन्दी’, ‘फुटेका चुरा’ लगायतका गीतलाईसमेत युट्युबमा सर्वाधिक रुचाइएको थियो ।

रासस

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.