Fast Nepal News

बलिउड अभिनेता सोनु सुदको सहयोगमा पाए यी नेपाली युवाले नयाँ जीवन

banner single news

काठमाडौं – बैशाख १०

काठमाडौं, कोभिड–१९ संक्रमण माझ देशभित्रै वा विदेशमा अलपत्र श्रमिकलाई उद्धार र सहयोग गरेर घर फिर्ता ल्याउन भूमिका खेल्दै आएका भारतीय अभिनेता सोनु सुदले जटिल मानिएको मेरुदण्डसम्बन्धी रोग ‘एंकाइलोजिङ स्पोन्डिलाइटिस’ बाट ग्रसित नेपाली युवकको उपचारमा मद्दत गरेका छन् ।

पर्वत, सिद्रे मूल घर भई हाल पोखरा, कोहुखोला बस्दै आएका ३० वर्षीय मधु पौडेल १९ वर्षको उमेरदेखि बाथ रोगले थलिएका थिए । ‘हिँड्दाहिँड्दै कम्मरदेखि तल खुट्टाका आँख्ला (जोइन्ट) दुखेर उनलाई असाध्य हुने गरेको थियो’ पर्वतमा दुखजनी गर्दै बसिरहेकी मधुकी आमा सीताकुमारीले फोनमा भनिन्, ‘पछि त्यो दुखाइ काछ (जाँघ) को जोनी (हिप जोइन्ट) मा बेसी हुन थाल्यो । खुट्टा पनि बाँगिँदै गए, हिँडडुल गर्नै गाह्रो भयो ।’

Inside Article Ads

मधुले गत फेब्रअरी १३ मा ट्वीटरमा सोनु सुद र उनको फाउन्डेसनलाई सम्बोधन गर्दै लेखेका थिए, ‘हलो सर, म मधु पौडेल, नेपालबाट हुँ । विगत १० वर्षदेखि एंकाइलोजिङ स्पोन्डिलाइटिस रोगसँग लडिरहेको छु । एम्सका डाक्टरहरुले मलाई सर्जरी गर्नुपर्ने सल्लाह दिएका छन् तर मसँग पैसा छैन । के तपाईँ मेरो मद्दत गर्न सक्नुहुन्छ ?’

यही पुकाराको सुनुवाइ गर्दै सुदले मधुको उपचारका लागि आर्थिक सहयोग दिएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.