Fast Nepal News

पाँच अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

banner single news

काठमाडौं, वैशाख ६

काठमाडौं, नेपाल राष्ट्र बैंकले आज (सोमबार) पाँच अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको हो ।

Inside Article Ads

बैंक जारी गरेको सूचना अनुसार पाँच अर्बको ट्रेजरी बिल जम्मा एक सय ८२ दिनका लागि बिक्री गरिने छ । यो बिल आउँदो कात्तिक २ गते परिपक्व हुनेछ । त्यस्तै, झण्डै २० करोडको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । यो बिल आउँदो साउन ५ गते परिपक्व हुनेछ ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.