Fast Nepal News

चैत महिनामा घरजग्गाको कारोबारमा किर्तिमान

banner single news

काठमाडौं, वैशाख ६

काठमाडौं,  २०७७ सालको चैत महिनामा घरजग्गा कारोबारमा नर्या किर्तिमान बनेको छ । देशभरका १०८ वटा मालपोत कार्यालयबाट गत वर्षको चैत महिनामा ८७ हजार १८७ पटक घरजग्गा कारोबार भएको हो ।

यो, यही वर्षको अघिल्लो महिनाकोभन्दा १० हजार बढी हो । फागुन महिनामा देशभरका मालपोत कार्यालयबाट ७६ हजार ४९१ घरजग्गा कारोबार भएको थियो ।

Inside Article Ads

चैत महिनामा देशभरका मालपोत कार्यालयहरुले २ लाख ५६ हजार ७५० सेवा प्रवाह गरेको मालपोत कार्यालयले बताएको छ । अनलाईन प्रणाली सुरु भएपछि देशभरका कारोबार गन्न सहज भएको हो ।

कार्यालयका अनुसार चैत महिनामा कुल ८ अर्ब ५९ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यो, फागुन महिनाको भन्दा एक अर्ब ५४ करोड रुपैयाँ बढी हो । फागुन महिनामा ७ अर्ब ५ करोड रुपैयाँ राजश्व संकलन भएको थिएन ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.