Fast Nepal News

उपाध्यक्ष रमेश विष्ट सम्मानित

banner single news

काठमाडौँ, ५ वैशाख । नेपाल पत्रकार महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष रमेश विष्ट सम्मानित हुनुभएको छ ।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ (क) समितिद्धारा शुक्रबार वालुवाटारमा आयोजित एक कार्यक्रमका बीच नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले विष्टलाई सम्मान गर्नुभएको हो ।

कार्यक्रममा सहमहामन्त्री डा महतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि नेपाल पत्रकार महासंघको भूमिका महत्वपूर्ण रहने भएकाले नवनिर्वाचित कार्यसमितिले यसमा चनाखो रहन आग्रह गर्नुभयो ।

सहमहामन्त्री डा महतले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै परिस्थिती अनुरुप सरकारको नेतृत्व लिन काँग्रेस तयार रहेपनि सरकारकै लागि मरिहत्ते नगर्ने स्पष्ट पार्नुभयो ।

Inside Article Ads

काँग्रेस काठमाडौँ क्षेत्र नं ५ (क)का संयोजक भैरव सापकोटाको सभापतित्वमा आयोजित नयाँ बर्ष शुभकामना,कार्यकर्ता भेटघाट तथा सम्मान कार्यक्रममा नेपाली काँग्रेस काठमाडौँ वडा नं ४ ईकाई सभापति रामप्रसाद न्यौपाने नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्व अध्यक्ष प्रदीप चापागाईँ, महिला नेत्री प्रतिमा पौडेल,लगायत वरिष्ठ उपाध्यक्ष विष्टलाई सफलताको शुभकामना दिनुभएको थियो ।

 

उहाँहरुले पत्रकारको स्वतन्त्रता आम नागरिकको स्वतन्त्रतासँग जोडिएकाले सोही आफ्नो भूमिका निर्वाह गर्न नवनिर्वाचित वरिष्ठ उपाध्यक्षलाई आग्रह गर्नुभएको थियो । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष विष्ट सोही स्थानका बासिन्दा हुन् ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.