Fast Nepal News

सीमासम्बन्धी बैठक: नेपालले पठाएको पत्रको जवाफ नै दिँदैन भारत

banner single news

काठमाडौं – बैशाख ३

काठमाडौं, सीमासम्बन्धी बैठक बस्न नेपालले तारन्तार पहल गरे पनि भारतले बेवास्ता गरेको छ । नेपालले बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) को बैठकका लागि तीनपटक औपचारिक रुपमा नै पत्र पठाएर पाँच वटा मिति प्रस्ताव गरे पनि भारतले कुनै जवाफ पठाएको छैन ।

भारतको बेवास्ताले प्रत्येक वर्ष हुनुपर्ने बीडब्लूजी बैठक प्रभावित भएको हो । बीडब्लूजीको पछिल्लो बैठक सन् २०१९ नोभेम्बरमा देहरादुनमा भएको थियो ।

Inside Article Ads

‘कोभिडका कारण फिल्डमा जान सम्भव नरहेको जस्ता कारण देखाएर भारतले अनौपचारिक रुपमा बैठकको मितिप्रति असहमति जनाएको छ तर औपचारिक जवाफ आएको छैन’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।

नेपालले गत वर्ष जुलाईमा पहिलोपटक बैठकका लागि दुई वटा मिति प्रस्ताव गरेको थियो । भारतले कुनै जवाफ दिएन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Visited 35 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.